वाइल्डलाइफ फोटोग्राफर तासीराज घलेले विभिन्न समयमा खिचेका हिउँ चितुवाका फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
ललितपुरस्थित विन्डहर्स ग्यालरीमा उनले खिचेका तस्वीरहरु प्रदर्शनीमा राखिएको हो । मेल्टिङ प्याराडाइज अर्थात् पग्लिरहेको स्वर्ग नाम प्रदर्शनीमा उनले करिब ५० तस्वीर राखेका छन् ।
तस्वीरमा हिउँ चितुवाका फोटोहरु, चितुवाका आहारा प्रजाति, चितुवाको बासस्थान, भूगोल समेटिएका तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । तासीले सन् २००६ देखि वन्यजन्तुको फोटो खिच्न सुरु गरेका हुन् ।
शनिबारदेखि सुरु भएको फोटो प्रदर्शनी एक महिनासम्म हुनेछ ।