पर्यटक पथ प्रदर्शकका लागि पुर्नताजगी तालिम शुरु


टुरिजम पाना काठमाडाैं । ११ मंसिर २०७९
tourist guide training
तस्वीर : भूमराज तिवारी

काठमाडौंमा पर्यटक पथ प्रदर्शकहरुका लागि पुर्नताजगी तालिम शुरु भएको छ । टुरिस्ट गाइड एसोसिएसन नेपालको आयोजनामा ५ दिने पुर्नताजगी तालिम शुरु भएको एसोसिएसनका अध्यक्ष बद्री नेपालले जानकारी दिए ।

‘प्रदेश पर्यटन ऐनले लाइसेन्स नवीकरणका लागि रिफ्रेसमेन्ट तालिम अनिवार्य गरेपछि ३ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक हुने गरी तालिम शुरु गरिएको हो’, अध्यक्ष नेपालले बताए । ठमेलस्थित काठमाडाैं गार्डेन हाेममा भइरहेकाे तालिममा ५५ जना पथ प्रदर्शक सहभागी रहेका छन् ।

तालिम अवधिभर हिन्दु, बौद्ध धर्म र संस्कृति, गाइडिङ विधि, सुरक्षा, महामारीपछिको पर्यटनमा आएको परिवर्तन लगायतका विषयमा डा. विना पाैडेल, पशुपति न्याैपाने, पुण्यप्रसाद पराजुलीले प्रशिक्षण दिनेछन् ।

तालिमलाई नेपाल पर्यटन बाेर्ड र  युएनडिपीकाे संयुक्त परियाेजना  जिविकाेपार्जनका लागि दिगाे पर्यटन परियाेजना (एसटिएलआरपि) ले सहयाेग गरेकाे छ ।

तालिम बुधबारसम्म सञ्चालन हुनेछ ।

११ मंसिर २०७९