परी पिङ नेपालमै पहिलोपटक द क्लिफमा, कति लाग्छ शुल्क?


टुरिजम पाना संवाददाता काठमाडौं । १० बैशाख २०८०

साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले परी पिङ सञ्चालनमा ल्याएको छ । यो स्वीङ एसिया तथा नेपालमा नै पहिलो पटक शुरू भएको क्लिफका सञ्चालक राजु कार्कीले बताए ।

जमिनको सतहबाट करिब २५० मिटर माथि भिरमा १० मिटरको डोरि झुन्ड्याएर स्वीङ सञ्चालन गरिएको सञ्चालक कार्की बताउँछन् । ‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले क्रेन स्वीङ सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

परी पिङको मज्जा महिलाहरुले मात्र नभई सबैले लिन सकिने कार्की बताउँछन् । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

१० बैशाख २०८०