दशैंमा पनि खुल्लै छ एड्भेन्चर हब ‘द क्लिफ’, स्वीङ र टेण्डम (जोडी)  स्वीङ गर्नेलाई छुट  


टुरिजम पाना बलेबा, बाग्लुङ । ५ कार्तिक २०८०

एड्भेन्चर हब ‘द क्लिफ’ दशैंमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको शीलशीलामा टाढा रहि दशैंको समयमा घर आएका स्थानियलाई लक्षित गरि एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए ।

साथै दशैंको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो ।

कार्कीका अनुसार दशैंमा पीङ खेलिने भएर स्वीङमा छुट दिइएको हो । छुट अक्टोबर अन्तिमसम्म लागू हुनेछ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

nirmala bungy jump

kushma bungy the cliff

kushma bungy

the cliff, swing

५ कार्तिक २०८०