टानले नाथमसँगको समन्वयमा ट्रेकिङ गाईड र पोर्टरलाई तालिम दिने


टुरिजम पाना काठमाडौं । २१ मंसिर २०७९
trekking guide
फाइल तस्वीर : समिक्षा चाैधरी

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सँगको समन्वयमा ट्रेकिङ गाईड र ट्रेकिङ पोर्टर गाइडको तालिमका लागि आवेदन माग गरेको छ ।

नाथमसँगको समन्वयमा टानले गर्दै आएको तालिम यसपटक पुस महिनाको अन्तिमा सातामा सञ्चालन हुनेछ । ट्रेकिङ गाईडतर्फ ५०० जना र ट्रेकिङ पोर्टर तर्फ ८० जनालाई तालिम दिने गरी नाथमद्धारा समेत सूचना भईसकेको टानले जनाएको छ ।

गाईड तर्फ प्लस टु उत्तीर्ण वा एसएलसी उत्तीर्ण भई २ बर्ष रजिस्टर प्राप्त ट्रेकिङ कम्पनीमा काम गरेको अनुभव अनिवार्य गरिएको छ भने पोर्टरका लागि पोर्टरको रुपमा २ बर्षको अनुभव वा एसएलसी उत्तीर्ण भएको हुनुपर्नेछ ।

गाईडका लागि ७ हजार र पोर्टरका लागि ३ हजार तालिम शुल्क लाग्ने छ भने दरखास्त दस्तुर ५ सय लाग्नेछ ।

२१ मंसिर २०७९