पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आजबाट ट्रेकिङ गाईड तालिम सुरु भएको छ। पालिका र जीविकोपार्जन पुन:रुत्थानकाका लागि दिगो पर्यटन परियोजनाको संयुक्त साझेदारीमा तालिमको आयोजना गरिएको हो।
तालिम कार्यक्रमको उद्घाटन वडा नं. ३ का अध्यक्ष र पर्यटन बोर्ड शाखाका अध्यक्ष ङिमाछिरिङ तामाङले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष टासि लामाले यस्ता कार्यक्रमले पाँचपोखरीको समग्र पर्यटन विकासमा र स्वयम् तालिममा सहभागी बनेका प्रशिक्षार्थीलाइ थप क्षमतावान बनाउन सहयोग मिल्ने बताए।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले पालिकाका सर्वसाधारणलाइ सिप सिकाउन यस्ता खालका कार्यक्रमहरु बारम्बार आयोजना गर्नुपर्ने बताए।
कार्यक्रम आजदेखि पौष ४ गतेसम्म सन्चालन हुनेछ र तालिममा १५ जनाले यस तालिममा सहभागिता जनाउनेछन्। तालिमको प्रशिक्षकको रूपमा हिमाल पण्डित र अनिश दाहाल रहेका छन् ।