भेडेटारमा जिपलाइन


सुशील याख्खा सुनसरी । २४ मंसिर २०७९
vedetar zipline dhankuta

पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य भेडेटारमा सञ्चालित जिपलाइनमा एकै पटक दुई समानान्तर डोरीमा एकैसाथ खेल्न पाउने गरि ‘भेडेटार देवीस्थान जिपलाइन’को निर्माण गरिएको छ ।

भेडेटार गेटमा टेकअफ हुने जिपलाइनको देवीस्थानमा ल्यान्डिङ प्वाइन्ट छ । ६ सय ५० मिटरको दुरी भएको जिपलाइनमा करिब ४५ सेकेण्डको अनुभव लिन पाइन्छ ।

यहाँ सुपरम्यान, क्लासिक र टेण्डम तीनै किसिमको जिपलाइनको सुविधा छ । ‘डबल वायर सिस्टम’ राखिएकाले क्लासिक र सुपरम्यान जिपलाइन पनि दुई जनाले एकै पटक खेल्न सकिने सञ्चालक विवश भण्डारीले बताए ।

जिपलाइनको टेक अफ र ल्यान्डिङ स्टेशनको उचाइ अन्तर ४३ मिटर छ । जिपलाइनबाट तराईका फाँटहरू, कोशी ब्यारेज र धरान बजारको अवलोकन गर्न सकिन्छ । ३ करोड रुपैयाँको लगानीमा भेडेटारमा सञ्चालनमा आएको जिपलाइन धरानदेखि २१ किलोमिटरको दुरीमा छ ।

शुल्कः
क्लासिक जिपलाइनः १२००
सुपरम्यान जिपलाइनः १५००
टेन्डम (जोडी) जिपलाइनः २०००
फोटो भिडियो प्याकेजको अतिरिक्त ३५० रुपैयाँँ ।
सम्पर्कः ९८४३८१३७५०

vedetar zipline dhankuta
vedetar zipline dhankuta

२४ मंसिर २०७९