भिटोफको अध्यक्ष पदमा दिपक पाण्डेले उम्मेदवारी दिने


टुरिजम पाना संवाददाता काठमाडौं । २ चैत्र २०८०

गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल (भिटोफ)को अध्यक्ष पदका लागि दिपक पाण्डेले उम्मेदवारी दिने भएका छन। हालको कार्यसमितिको सचिब समेत रहेका पाण्डे अब भने अध्यक्ष बन्ने दौडमा देखिएका छ्न।

भिटोफलाइ ग्रामीण देखि शहर सम्म नै पुर्याउन आफू तत्पर रहेको पाण्डेले बताएका छन। ग्रामीण क्षेत्रको पर्यटनको महत्त्व आजपनी धेरैले बुझेको अवस्था छैन त्यसैले अब ग्रामीण पर्यटनलाई शहर सङ्ग जोडेर अघि बढाउन अत्यन्तै जरुरी छ , उनले भने ।
आगामी चैत्र १७ गते भिटोफले २५ औं साधारणसभा तथा १२ औं अधिवेशन गर्दैछ। सोही अधिवेशनबाट दुई बर्षका लागि नयाँ कार्यसमितिको चयन हुनेछ।

२ चैत्र २०८०