पत्रकार महिलाको नेतृत्व तथा दक्षता विकास लागि अन्तरक्रिया कार्यक्रम


टुरिजम पाना काठमाडाैँ । १७ असार २०८१

क्रियाशिल महिला पत्रकार डब्लुडब्लुजेले पत्रकार महिलाको नेतृत्व तथा दक्षता विकास लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

यरपोर्ट स्थित एपेक्स होटलमा शुक्रबार आयोजित कार्यक्रममा नयाँ प्रविधिसँग पत्रकारिता पेशालाई कसरी निष्पक्ष ढङगले लैजाने भन्ने बारे छलफल भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले छिटो सूचना प्रसारण गर्न डिजिटल मिडिया र दस्तावेजको लागि प्रिन्ट मिडिया आवश्यक रहेको बताएकिछिन् । महिला पत्रकारले आफ्नो एउटा छुट्टै अस्तिव्व लिएर अगाडि बढ्नुपर्ने बताउँदै उनले भनिन् “ पत्रकारिताबाट देश कुन दिशातर्फ गइरहेको छ । कुन दिशातर्फ देशलाई लैजाने भन्ने कुरा पनि पत्रकारमा भरपर्छ ।” उनले सरकारले महिला पत्रकारको लागि छुट्टै बजेट छुट्याउन आवश्यक रहेको बताइन्

नेपाल पत्रकार महासंघको उपाध्यक्ष बाला अधिकारीले कार्यक्रममा बोल्दै महिलाई दक्षता मात्र भएर नपुग्ने बताएकीछिन् । महिला नेतृत्वमा गई त्यसभित्र हुने भूमिका निभाउन सक्नु महत्वपूर्ण रहेको उनले बताइन् ।

साउथ एशियन वमुन इन नेपाल (स्वाम)को अध्यक्ष निर्मला शर्माले अहिले समाचारको स्रोत नयाँ प्रविधिहरु बन्दै गएको बताइन् । प्रविधिको विकाससँगै यस बारे कुनै आधिकारिक नीति र नियम बन्न नसक्दा भने, यसले सामाजमा धेरै समस्या ल्याएको उनले बताइन् ।

कार्यक्रममा पत्रकारिता पेशालाई अनुशासित ढङ्गमा लैजान छापा माध्यम, टिभि, रेडियो, अनलाइन तथा युटुब च्यानल साथमा बसेर छलफल गर्नुपर्नेमा जोड दिइएको थियो ।

 

१७ असार २०८१