तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित बौद्धसदन शाक्यमुनी गुम्वा परिसरमा भियतनामी शैलीको अवलोकेश्वर गुम्वा निमार्णधिन अवस्थामा छ ।
बन्दीपुरका स्थानीय तथा समाजसेवी गणेश बहादुर गुरुङको पहलमा यस गुम्वा निर्माण गरिएको हो ।
भियतनामी इन्जिनियरले नै अवलोकेश्वर बौद्ध गुम्बाको निर्माण गरिरहेका छन् । गुरुङले यसअघि पनि आफ्नै पहलमा बन्दीपुरको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध गुम्बाको निर्माण गरिसकेका छन्।
बन्दीपुर बजारको शीर र बन्दीपुरको पूर्वमा रहेको रानीवनको फेदी पर्दछ । जुन पैदलयात्रा गरेर सिद्ध गुफा जाने बाटो नजिकै समेत पर्दछ ।
तस्वीर : सागर गिरी