पर्यटन क्षेत्रलाई प्रर्वद्धन गरी रोजगारी सिर्जना गर्ने बन्दीपुरको योजना


टुरिजम पाना बन्दीपुर । २० फाल्गुन २०७९

बन्दीपुर गाउँपालिकाले पर्यटन लक्षित गन्तब्य लाइ प्रवर्द्धन तथा प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने भएको छ । बन्दीपुरका पर्यटकीय गन्तब्य लगायत होमस्टेहरुको संरक्षण सम्र्वद्धन र प्रवर्द्धन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दीपुर मातहतमा रहेका ६ वटै वडामा पर्यटकीय स्थलको दिगो विकास गरी संरक्षण एवं प्रवर्द्धन गर्ने योजना रहेको थापाले बताए ।

यस्तै साहसिक पर्यटन जीप फ्लाइङ, प्याराग्लाइडिङ्ग र रक क्लाइमिङ तथा साइकिलिङको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिइने गाउँपालिका अध्यक्ष थापाले बताए ।

‘पहाडकी रानी’ को उपमा पाएको बन्दीपुर प्राकृतिक मनोरम दृष्य, पुराना सांस्कृतिक वस्ती र रहनसहनका कारण पर्यटकहरुमाझ चर्चित बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट ८ किलोमिटरको दुरीमा रहेको छ ।

२० फाल्गुन २०७९