उग्रतारा मन्दिरमा ‘देहीजाँत’ सम्पन्न


टुरिजम पाना संवाददाता डडेल्धुरा । १३ मंसिर २०८०

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहीजाँत’ सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा रतेडी र दिउसेडी मेला सम्पन्न भएको हो ।

२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।

 

 

१३ मंसिर २०८०