पोखरामा हुने पच्चीसौं सडक महोत्सबमा पोख्रेली पानीको ब्राण्ड पिउरोले सहकार्य गरेको छ । पुस १२ देखि १६ गतेसम्म हुने सडक महोत्सबमा पिउरोले ‘अफिसियल ड्रिङकिङ वाटर’ मा सहकार्य गरेको हो ।
पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गर्ने सडक महोत्सबमा सहकार्य गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले बताए । पोखराका प्रतिष्ठित पानी पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेज प्रा.लि.ले गर्दै आइरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रान्तव्य स्थलका रुपमा चिनाउन महोत्सव गर्दै आएको रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले बताए । यसअघिका सडक महोत्सवको अवधिका साढे ४ लाख देखि ५ लाखसम्म पर्यटक पोखरा आउने गरेकोमा यसपालि त्यसमा एक लाख थप गर्ने लक्ष्य आयोजकले लिएको छ ।
५ दिने महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किमीमा हुनेछ । महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्मको सडकमा हुनेछ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने उद्घोषका साथ हुने महोत्सवलाई पृथक र थप आर्कषक बनाउने प्रत्यत्न गरिएको महोत्सवका संयोजक पौडेलले बताए ।
महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ कार जस्ता कार्यक्रम हुनेछन् । सँगसँगै भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, टक सो, हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका सामग्री प्रदर्शनी गरिनेछ ।