ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानले भूकम्प प्रभावितका लागि पाँच लाख बढी आर्थिक सहयोग गरेको छ । जाजरकोट र रुकुममा भूकम्प प्रभावितहरूका लागि टानले प्रधानमन्त्री राहत कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ जम्मा गरेको हो ।
टानको उदार कार्यप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले प्रशंसा गर्दै भुकम्प प्रभावित क्षेत्रको कल्याण र पुनर्स्थापनाका लागि यो सहयोगले ठुलो भूमिका खेल्ने बताए।” यस योगदानले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई आवश्यक सहयोग र राहत प्रदान गर्ने अपेक्षा गरेका छौं ” उनले भने ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।