मतदानको दिन बुकिङ आएमा आन्तरिक उडान प्रभावित नहुने


टुरिजम पाना काठमाडौं । ३ मंसिर २०७९
buddha air flight
फाइल तस्वीर

आइतबार हुने सँघ तथा प्रदेश निर्वाचनको मतदानको दिन आन्तरिक उडान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान नै रोक्ने औपचारिक निर्णय नगरिएकोले यात्रुले बुकिङ गरेमा उडान गर्न एयरलाइन्सलाई निर्देशन दिईएको छ ।

यधपी, निर्वाचन आयोगको मापदण्डअनुसार एरपोर्ट आउन जानमै समस्या हुने भएकाले हालसम्म बुकिङ नआएको भुलले बताए ।

अन्तर्राष्ट्रिय उडान, चार्टर उडान भने निर्वाध रूपमा उड्ने उनले बताए । यस्ता यात्रुहरू टिकट देखायर एरपोर्टसम्म आवतजावत गर्न सक्नेछन् ।

३ मंसिर २०७९