पाँचपोखरीमा गाउँपालिका स्तरीय होमस्टे तालिम सुरू


टुरिजम पाना संवाददाता सिन्धुपाल्चोक । २६ मंसिर २०८०

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सोमबारबाट गाउँपालिका स्तरीय होमस्टे तालिम सुरू भएको छ । जीविकोपार्जन पुन:रुत्थानकाका लागि दिगो पर्यटन परियोजनाको साझेदारी कार्यक्रम अन्तर्गत  तालिम भोताङको यार्सामा २८ गतेसम्म चल्नेछ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले यस कार्यक्रमबाट पाँचपोखरी भित्रका होटल तथा होमस्टेहरू ब्यबस्थित तथा गुणस्तरीय हुने विश्वास लिएको बताए  ।

उनले पर्यटनको पर्याप्त सम्भावना बोकेको पालिकालाई पर्यटकको हब बनाउन गाउँपालिका लागी रहेको भन्दै त्यसैको लागि होटल र होमस्टेको विकास गर्दै अगाडि बढेको बताए । उनले अतिथि सत्कार, खानाको परीकार देखि अन्यकुराहरूमा विशेष ध्यान दिन आग्रह समेत गरेका छन्।

 तालिमले होमस्टे व्यवसायीहरुको क्षमतामा अभिवृद्धि भई थप व्यवस्थित होमस्टे संचालनमा टेवा पुगी पर्यटकहरुको सेवामा गुणस्तरीयता आउने र जिविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटनमा टेवा पुग्ने पर्यटन बोर्डका सचिव मुकुन्द पाण्डेले जानकारी दिए।

होमस्टे तालिमा ३० जना सहभागी रहेका छन् भने तालिमको अवधिभर होटेल तथा होमस्टे सम्बन्धी प्रत्यक्ष रुपमै सहभागीहरूलाई सिकाइने छ । तालिमको सेफ मनोजकुमार बस्नेत र सहायक प्राबिधिक प्रशिक्षक रोशन के सीले सहजीकरण गर्नेछन् ।

तालिममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, पाँचपोखरी पर्यटन बोर्ड सदस्य कल्पना पण्डित, प्रशासन प्रमुख रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

२६ मंसिर २०८०