आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भुजुङमा स्पार्कको ‘हनि हन्टिङ एड्भेन्चर’


टुरिजम पाना काठमाडाैं । १९ मंसिर २०७९

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न स्पार्क गु्रप लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ एड्भेन्चर आयोजना गरेको छ ।

मंसिरको २२ देखि २४ गतेसम्म हुने यो एड्भेन्चरमा पत्रकार किशोर नेपाल, पाइलट विजय लामा, अभिनेता राजेश हमाल र विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की, सञ्चारकर्मी भुषण दाहाल, रामकृष्ण ढकालसहित २०० जनाको उपस्थिति रहने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

मंसिर २२ गते विहान काठमाडाैंमा उद्घाटन गरेर भुजुङकाे यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँकाे हाेमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीकाे मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।

१९ मंसिर २०७९