पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार पारें : जीवनराम श्रेष्ठ


टुरिजम पाना काठमाडौं । ११ पुष २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् ।

सोमबार उनले आफ्नो कार्यविवरण सार्वजनिक गर्दै नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार पारेको दाबी समेत गरे ।

आफ्नो कार्यकालमा पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न सफल भएको समेत उनले बताए ।

पर्यटन क्षेत्रको पुनरुत्थानमा कार्ययोजना ल्याएर कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रबर्द्धन, नेपाल पर्यटन दशक घोषणालाई उनले महत्वपूर्ण काम भनेका छन् ।

होप अन होप अफ बस सञ्चालनको अवधारणा अगाडि बढाउने, रात्रिकालीन सम्पदा यात्राका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम समेत आफ्नो कार्यकालमा भएको उनको भनाइ छ ।

११ पुष २०७९