काठमाडौंमा रहेकी बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करणमा सहभागी भएकी छिन् ।
नेपाल रत्न तथा आभूषण संघले होटल याक एन्ड यती, दरबारमार्ग आयोजना गरेको एक्सपोमा उनी बिहीबार साँझ सहभागी भएकी हुन् । उनले नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।
ज्वेलरी फेसन शोमा मलाइका नेपाली डिजाइनरका पोशाक र गरगहनाका साथ र्याम्पमा सहभागी भएकी थिईन् । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का र मोडलहरूले पनि र्याम्पमा नेपाली डिजाइनरका कपडा र गरगहना प्रस्तुत गरेका थिए।