हवाई उडान सुरक्षित गर्न क्यानले नयाँ व्यवस्था लागू गर्ने


टुरिजम पाना काठमाडौं । १८ माघ २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आउँदो ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ ।

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको बताए ।

प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटकमात्र अवतरण गर्न पाउने व्यवस्था गर्ने भएको छ । अहिले दैनिक १० घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था छ । उनले आईएफआर उडान हुने विमानस्थलमा भीएफआर उडान गर्न नपाइने बताए ।

पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्ने उनले बताए ।

१८ माघ २०७९