पोखरामा बुधबारदेखि लिटरेचर फेस्टिभल हुँदै


टुरिजम पाना पाेखरा । ५ पुष २०७९
Nepal literature festival pokhara

पोखरामा बुधबारदेखि नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ । फेस्टिभलको दशौँ संस्करण पोखराको बराहीघाटस्थित खुला मैदानमा पुष ११ गतेसम्म सञ्चालन हुनेछ ।

फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्विद्यालयका रजिस्ट्रार डा अच्युत वाग्लेले प्रवचन सेसन रहेकाे छ ।  फेस्टिभलमा नेपाल तथा नेपालबाहिरका २ सय साहित्यकार, लेखक, कलाकार एवम् सम्पादकहरुको सहभागिता रहने बताइएको छ ।

फेस्टिभलमा बुकर पुरस्कार जितेका श्रीलंकाली लेखक सेहन करुणातिलकासहित लेखक एवं पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायतको पनि सहभागिता रहने आयोजकले जनाएको छ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ समावेश गरिनेछन् ।

यसबाहेक फेस्टिभलमा राजनीतिक दलका नेताहरु, नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि सहभागिता जनाउनेछन् । बुकवर्म फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएकाे फेस्टिभल कोरोना महामारीका कारण गत वर्ष सकेकाे थिएन ।

५ पुष २०७९