पुर्णिमा ‘हिमपरी’ उपाधिबाट सम्मानित


टुरिजम पाना काठमाडाैं । ९ कार्तिक २०७९
purnima shrestha

पर्वतारोही पुर्णिमा श्रेष्ठ ‘हिमपरी’ उपाधिबाट सम्मानित भएकी छिन् ।

नेपाल सम्वत ११४३ प्रारम्भको उपलक्ष्यमा पाेखरामा आयोजित एक कार्यक्रममा उनलाई सो उपाधिबाट सम्मानित गरिएको हो ।

उक्त कार्यक्रम नेवाःखलः कास्कीले आयोजना गरेकाे हाे ।

पुर्णिमाले नेपालमा रहेको ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरू मध्ये ७ वटा हिमालहरूको सफल आरोहण गरी सकेकी छिन् ।

पूर्णिमा श्रेष्ठ करिब १० वर्षदेखि फोटा पत्रकारिता गरिरहेकी छिन् । उनले हिमाल आरोहण गर्न ५ वर्ष अघिबाट सुरु गरेकी हुन् । त्यसयता उनी हिमाल आरोहणमा बढी सक्रिय छिन् ।

९ कार्तिक २०७९