पर्यटन प्रवर्द्धनका लागि स्याङ्जाको कोल्मामा दौड, पर्वतका अनिसले जिते उपाधि


टुरिजम पाना स्याङ्जा । २७ फाल्गुन २०७९

स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शुक्रबार आयोजित तेस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताअन्तर्गत २० र १० किलोमिटर दौड सम्पन्न भएको छ ।

स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका सहित सात सय कोल्मा– बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिताको २० किमिमा पर्वत फलेबासका अनिस थापामगर प्रथम भए । थापाले निर्धारित दूरी १ घण्टा ४ दशमलव ३६ मिनेटमा पार गर्दै उपाधि जितेका हुन्।

उपाधिसँगै उनले ३५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाए। यस्तै नेपाल आर्मीका खेमराज बस्नेतले सोही दूरी १ घण्टा ६ दशमलव ५६ मिनेटमा पार गर्दै द्वितीय भएर उनले २५ हजार नगद पुरस्कार पाए।

एक घण्टा ८ दशमलव १३ मिनेटमा दूरी पार गर्दै तेश्रो भएका आर्मीका सुवास कार्कीले १५ हजार नगद पुरस्कार पाए। यसैगरी निर्धारित दूरी ४३ दशमलव ३० मिनेटमा पार गर्दै २१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडमा गोरखा सिरानचोकका सन्दीप ढकाल प्रथम भए । गोर्खाकै दिनेश बोगटीले ४४ दशमलव २० मिनेटमा पार गर्दै दोस्रो हुँदा रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगले निर्धारित दूरी ४६ दशमलव ५ मिनेटमा पार गर्दै तेस्रो भए ।

क्रमशः प्रथम, दोस्रो र तेश्रोले १५ हजार, २० हजार र ७ हजार नगद पुरस्कार पाए । २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विधामा सञ्चालन भएको प्रतियोगितामा कोल्मादेखि राङभाङ हुँदै काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, कोल्मासम्म तोकिएको थियो।

कोल्मा र यस वरपरका विभिन्न स्थानहरुलाई पर्यटनको सम्भावना पनि बोकेको र देश विदेशमा छरिएर रहेका युवा पुस्ताहरुलाई खेल प्रतिको रुची वढाउनका लागि दौड प्रतियोगिताको आयोजनाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अल्टालाइट विश्वच्याम्पियन मीरा राईको समेत सहभागिता रहेको थियो । २०७५ बाट सुरु गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोनाका कारण रोकिएको थियो।

२७ फाल्गुन २०७९