सङ्लो त्रिशुलीको मनमोहक दृश्य [तस्वीरहरू]


टुरिजम पाना संवाददाता काठमाडौं । ११ माघ २०७९

र्‍याफ्टिङका लागि चर्चित त्रिशुली नदी यतिखेर कञ्चन बनेको छ । करिब एक महिनादेखि त्रिशुली नदी सङ्लो देखिएको हो ।

र्‍याफ्टिङको निकै नै सम्भावना बोकेको धादिङको त्रिशुली नदी अवैधानिक रुपमा सञ्चालनमा आएका क्रसर र फिरफिरे सञ्चालन हुँदा धमिलिने गरेको थियो ।

गृह मन्त्रालयले क्रसर र फिरफिरे सञ्चालनमा रोक लगाएसँगै त्रिशुली नदी सफा बनेको हो ।

अहिले त्रिशुली नदीको सङ्लो अवस्था निकै मनमोहक देखिएको छ । तस्वीरहरू

११ माघ २०७९