पर्यटकीय गन्तब्य प्रवद्र्धन गर्न फोटो प्रदर्शनी


टुरिजम पाना काठमाडौं । २३ कार्तिक २०७९
Photo exhibition

देशका विभिन्न स्थानमा पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धनका लागि पर्यटकीय फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाले काठमाडौंको बसन्तपुरमा तीन दिनसम्म फोटो थाहा पर्यटकीय फोटो प्रदर्शनीको आयोजना गरेको हो । फरक सोच संस्थाको व्यवस्थापनमा गरिएको फोटो प्रदर्शनीमा राखिएका फोटोहरु गणेश बिष्टले खिचेका थिए ।

Photo exhibitionसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उदघाटन गरेको फोटो प्रदर्शनी १३ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

Photo exhibitionप्रदर्शनीमा विभिन्न स्थानका प्रमुख पर्यटकीय गन्तब्य, धार्मिक एवं ऐतिहासिक स्थल र जीवनशैलीसँग जोडिएका तस्वीरहरु राखिएका थिए ।

Photo exhibition Photo exhibitionPhoto exhibition Jibanram

२३ कार्तिक २०७९