अवलोकेश्वर गुम्बा निर्माणका लागी समाजसेवी गुरुङद्वारा दश लाख सहयोग


टुरिजम पाना संवाददाता बन्दीपुर । २१ मंसिर २०८०

बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको अबलोकेश्वर बौद्ध गुम्बा निर्माणका लागी सहयोग जुटिरहेको छ।  सोहिक्रममा बन्दीपुरका स्थानीय तथा समाजसेवी गणेश गुरुङले गुम्बा निर्माणका लागी दश लाख सहयोग गरेका छन्।

गुरुङले यसअघि पनि आफ्नै पहलमा बन्दीपुरको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध गुम्बाको निर्माण गरिसकेका छन्।

बन्दीपुर बजारको चुचुरोमा सुन्दर रानीवन छ । रानीवनको काखमा एउटा बौद्ध गुम्बा छ। दुई दशकअघि सेवा निवृत्त सैनिक हवलदार गुरुङले उक्त गुम्बा बनाउन ठुलो भूमिका खेलेका थिए।

यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा गुम्बाले महत्त्वपूर्ण भूमिका खेलेको छ । गुरुङ भन्छन्, ‘तनहुँ जिल्लामा अरू कुनै गुम्बा नभएकाले यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बाको निर्माण गर्‍यौ  । मठमा शाक्यमुनि बुद्धका मूर्तिहरू राखिएका छन् । यी सँगै बुद्ध धर्मका धेरै पुस्तकहरू यहाँ पाउन सकिन्छ।

हाल सोही परिसरमा भियतनामी शैलीमा भियतनामी इन्जिनियरले नै अवलोकेश्वर बौद्ध गुम्बाको निर्माण गरिरहेको उनले बताए । यस गुम्बाले धार्मिक पर्यटनमा थप टेवा पुर्याउने र बौद्ध मार्गीलाई आकर्षण गर्न सहयोग मिल्नेमा हामी विश्वस्त छौँ ” उनले थपे।

यहाँ बुद्ध जयन्तीको अवसरमा भव्य मेला लाग्ने गरेको छ । गुम्बाको संरक्षणका लागि गणेशबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समितिले काम गरिरहेको छ । गणेश र उनकी श्रीमती लक्ष्मी गुरुङ चौबीसै घण्टा गुम्बाको संरक्षण र सम्भारमा व्यस्त रहने गर्दछन्  ।

२१ मंसिर २०८०