साइकल सिटी पोखराको आयोजनामा ‘छैटौँ टूर दी पोखरा’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
‘स्वास्थ्य, वातावरण, पर्यटन र थोपा-थोपामा इन्धन बचाऔँ’ भन्ने मूल नाराका साथ ‘छैटौँ टुर दी पोखरा’ अन्तर्गतको ‘मन्दिरदेखि मन्दिरसम्म’ ७२ किलोमिटर साइकल यात्रा सम्पन्न भएको हो ।
बाग्लुङ कालिका मन्दिरदेखि पोखरा बिन्ध्यबासिनी मन्दिरसम्मको साइकल यात्रामा १ सय जनाभन्दा बढी साइकलयात्री सहभागी थिए ।
साइकल यात्रीहरूलाई पोखरादेखि बागलुङसम्मको यात्रामा थुप्रै सामाजिक संघ संस्थाहरूले स्वागत गरेका थिए ।