अमेरिकी दूतावासले भन्यो, ‘कितियाका ‘फेक’ फोटोहरु हटाउँछौं’


टुरिजम पाना काठमाडौं । ११ मंसिर २०७९
sagarmatha photo

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी फोटोग्राफर कितिया पाव्लोभ्स्कीका ‘फेक’ भनिएका तस्वीर हटाउने जनाएको छ ।

नेपालको खुम्बु क्षेत्रमा पुगेर कितिया ले खिचेको हिउँ चितुवाको तस्विर दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेपछि भाइरल बनेका उक्त तस्वीरहरु फेक रहेको भन्ने तथ्य थाहा पाएपछि हटाउने जनाएको हो ।

आज एक स्टाटस मार्फत गत शनिबार फ्रान्सको चर्चित अल्पलाइन म्यागजिनले ती तस्विरहरू नक्कली भएको र फोटोसपको प्रयोगमा बनाइएको पुष्टि गरेसँगै दूतावासले ती तस्विर हटाउने जनाएको हो ।

यस्तै दूतावासले हालसम्म उनीसँग कुनै पनि सहकार्य नगरेको पनि स्पष्ट पारेको छ ।

अमेरिकी फोटोग्राफरले खिचेका तस्वीर ‘फेक’ भएको दाबी

अमेरिकी फोटोग्राफर कितियाले खिचेका लोभलाग्दा दृश्य (फोटो)

११ मंसिर २०७९