सिभिल मलको दशैं, तिहार योजनामा गौचनले जिते स्कुटर


टुरिजम पाना काठमाडाैं । १६ मंसिर २०७९
civil mall scooty

दशैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् सुनि के पुन गौचनले टिभिएस एनटर्कको स्कुटर जितेका छन् ।

त्यस्तै, सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका छन् ।

मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यस उपहार योजना असोज ८ गतदेखि कार्तिक २६ गतेसम्म लागू गरिएको थियो ।

मलले सो अवधिमा एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

१६ मंसिर २०७९