त्रिशुली नदी माथि जिपलाइनको मज्जा


बाह्र बर्ष देखि एड्भेन्चर र रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्टका सञ्चालकले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी ‘रिभर फन जिपलाइन’ सञ्चालनमा ल्याएका छन् ।

५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशुली नदि माथी पर्ने कारण झनै साहासिक र रोमाञ्चक हुने रिसोर्ट प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशकदेखि ¥याफ्टिङ लगायत एड्भेन्चर व्यवसायमा आवद्ध छन् । नदि माथीको रोमाञ्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन् ।

जिपलाइन खेल्न प्रती व्यक्ति नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने बताइएको छ । फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ । फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफिमा परिचित कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्छ ।

रिसोर्ट परिसरमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरीले जानकारी दिए ।

मिनी जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ निर्माण गरिएको छ ।

कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने परिकार सहित क्याफे सञ्चालन भैरहेको छ ।

जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ ।

१५ आश्विन २०७९