१० दिन नेपालको घुमफिर सकेर स्वदेश फर्के ओबरोय


टुरिजम पाना काठमाडौं । ९ पुष २०७९

१० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओबरोय परिवारसहित स्वदेश फर्केका छन् । उनी आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।

उनले नेपाल बसाईको क्रममा पशुपतिनाथ, चन्द्रागिरीको अवलोकन गरे भने पर्यटकीय पोखराको अवलोकनका साथै जीपलाइन, प्याराग्लाईडिङ, बन्जीजम्प र हट एअर बेलुन लगायतका साहसिक खेलको मज्जा लिएका थिए ।

नेपाल आउने रहर पहिले नै भए पनि समय मिलायर नेपाल आएर घुम्न पाउँदा उनले खुसी व्यक्त गरे । यस्तै उनी गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे । उनले प्याराग्लाईडिङको अनुभव लिदैं सोलो उडानका् तालिमका लागि पुनः नेपाल आउन चाहेको समेत बताएका थिए ।

सपरिवार हट एअर बेलुनमा उडे ओबरोय (फोटो)

पोखरामा ओबरोयले लिए प्याराग्लाइडिङको मज्जा, सोलो उडान सिक्ने चाहना

घुम्नका लागि नेपाल आए भारतीय अभिनेता ओबरोय, बन्जीजम्प र जिपलाइन पनि खेल्ने

९ पुष २०७९